सिन्धुली । सुनकोशी गाउँपालिकाले कोरोनाको रोकथाम तथा बचाउका लागि पूर्व तयारी बैठक विहिबार बसेको छ । गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बेैठकले क्विक रेस्पोन्स टिमको निर्माण गरेको छ ।

बैठकले कोरोना संक्रमण तयारी स्वरुप १० लाख बराबरको उपकरण तथा सामग्री खरिद गर्ने निर्णय गरेको छ । यस्तै अति आवश्यक काम बाहेक गाउँपालिकाका वासिन्दालाई घरबाहिर जान नदिने निर्णय गरेको हो ।
यस्तै विशेष अवस्था बाहेक कर्मचारीहरु र स्वास्थ्यकर्मीहरुलाई विदा नदिने, आत्मीय अस्पताल र रातामाटा स्वास्थ्य चौकीमा आईसोलेसन वार्ड निर्माण गर्ने, स्थानीय सञ्चारमाध्यमबाट सूचना मूलक जानकारी सम्प्रेषण गर्ने लगाएतका निर्णय गरेको छ ।




















