सिन्धुली । पछिल्लो समय विकासका काम स्टमेट अनुसार नहुने गरेको नागरिकको गुनासो बढीरहेको बेला यहाँको एक टोल विकास संस्थाले प्राविधिक स्टमेट भन्दा झण्डै दोब्बर काम गरेर नमुना काम गरेको छ । कमलामाई नगरपालिका वडा नं. ५ को तल्लो रानीखोला टोल विकास संस्थाले रानी खोलामा पर्खाल लगाउने काम स्टमेट भन्दा बढी गरेको हो ।
कमलामाई नगरपालिका वडा नं. ५ को ४ लाख बजेट र उपभोक्ताहरुबाट १ लाख २१ हजार ८ सय लगानीमा उक्त पर्खाल लगाईएको हो । टोल विकास संस्थाका अध्यक्ष यज्ञ बहादुर थापाका अनुसार नगरपालिकाले १ मिटर ७० सेन्टीमिटरको उचाई र ५१ मिटर उचाईको वाल निर्माण गर्ने स्टमेट गरेको थियो । टोल विकास संस्थाको अगुवाईमा काम गरेपछि उनीहरुले ९७ मिटर वाल उठाएका छन ।
उक्त पर्खाल निर्माणमा १ लाख ५० हजार ४८० कोे सिमेन्ट, ढुंगा गिट्टी बालुवा १ लाख ६१ हजार, निर्माण ज्याला १ लाख ३७ हजार ३६०, पाईप १२ हजार, माटो भरेको ५५ हजार ५ सय, सिमेन्ट ढुवानी ३ हजार ९६० र व्यानर र फोटो धुलाई १ हजार ५ सय गरि ५ लाख २१ हजार ८ सय रुपैंया खर्च भएको थापाले बताए ।




















