सिन्धुली । भ्रमण बर्ष २०२० को सुरुवात ऐतिहासिक सिन्धुलीगढीबाट गरिएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रमण बर्षको उद्घाटन गरेका छन ।
प्रचण्डले सिन्धुलीगढीलाई राष्ट्रियताको प्रतिकको रुपमा, देशभक्तिको प्रतिकको रुपमा स्थापित गर्न सबैले लाग्नुपर्नेमा जोड दिए । उनले सिन्धुलीगढी जस्ता नेपालका ऐतिहासिक स्थल र घटना क्रमहरुलाई समृद्ध नेपाल र सुखि नेपालीको आकांक्षा पुरा गर्न सदुपयोग गर्न सक्नु पर्ने समेत बताए ।
प्रचण्डले नेपालमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको समेत उद्घोष गरेका छन । ऐतिहासिक स्थल सिन्धुलीगढीको विकासले पर्यटनमा विकास हुने बताउँदै उनले नेपाललाई आर्थिक समृद्ध बनाउन वर्तमान सरकार नै सफल हुने बताए । अहिलेको यो सरकारले नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुमा लगानी गरि नेपाललाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गरि आर्थिक समृद्धि ल्याउन अहिलेको सरकार लागि परेको बताए ।
नेपालमा पर्यटनको क्षेत्रको संरक्षण, प्रबद्र्धन तथा प्रचार प्रसार गर्न कै निम्ति भ्रमण बर्ष मनाउन थलिएको बताउँदै त्यस्ता पर्यटकीय क्षेत्र मध्ये सिन्धुलीगढी महत्वपूर्ण क्षेत्र रहेको बताए ।
प्रचण्डले ‘नेपालमा धार्मिक रुपमा पशुपति मन्दिर र ऐतिहासिक स्थलमा सिन्धुलीगढी विश्व प्रसिद्ध रहेको’ बताए । जसका कारण काठमाण्डौको रंगशाला र सिन्धुलीगढीबाट भ्रमण बर्षको सुभारम्भ गरेको पनि उनले जानकारी दिए ।
नेपालमा बार्षिक १० लाखबाट कम्तिमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपाल सरकारले २५ लाख पाहुनालाई व्यवस्थित आवास तथा अन्य सुविधा सहित स्वागत गर्न सकिने गरि व्यवस्थापन गरेको बताए ।
विगतमा सिन्धुलीगढीको संरक्षण र प्रबद्र्धनमा चासो नपुगेको बताउदै सिन्धुलीगढीको संरक्षण तथा पुनःनिर्माणका बारेमा प्रधानमन्त्रीसँग छलफल गरि लगानीको सुनिश्चित गर्ने बताए ।





















