जेठ २८ गतेदेखि सिन्धुलीमाढीमा प्रदर्शन भईरहेको नाटक निःधार ४ हजार दर्शकले हेरेका छन । सिन्धुली कलाघर निर्माणार्थ प्रदर्शन भएको उक्त नाटक सोमबार सकिएको छ । निधार प्राय विद्यालयका विद्यार्थीहरुले हेरेका थिए ।
नाटकले ८० हजार आम्दानी गरेको कलाघर निर्माणका संयोजक एवम् कलाकार सुमन थापा मगरले बताए । कलाघरले २५ सय जनाले नाटकको अवलोकन गर्ने अनुमान गरेको थियो । दर्शकहरुको भिड बढेपछि जेठ ३२ गतेसम्मका लागि प्रदर्शनको मिति तय भएको नाटकको समय पनि २ दिन थप गरिएको थियो ।
पकेट थिएटर र सिन्धुली कलाघरको संयुक्त प्रस्तुति रहेको नाटक विशेष गरि नीजि विद्यालयहरुले नाटकलाई प्राथमिकता दिएर विद्यार्थीहरुलाई नाटक हेर्न ल्याएको थापाले बताए ।
उनका अनुसार नाटक निधारले सिन्धुलीमा रंगमञ्चको सुरुवात गरेको र सकारात्मक छवी बनाएको छ । नाटकले समाजले धर्म, संस्कृति र परम्पराका नाममा महिलाहरुलाई बाँधेका कारण खुलेर बाहिर आउन नसकेको यथार्थ चित्रण गरेको उनले बताए ।
नाटकले घरको चुलो चौको, सरसफाई र सामाजिक नियम तोडेर बाहिर निस्कने महिलालाई समाजले हेर्ने दृष्टिकोणलाई नाटकमा देखाईएको छ । यहि सामाजिक पारिवारीक बन्धनका कारण महिलाले आफ्ना सपना पुरा गर्न नपाएको र पल पलमा मर्नुपरेको सन्दर्भ नाटकमा चित्रण गरिएको छ ।
यस नाटकले महिनावारीको बेलाको छुवाछुतलाई सामाजिक अपराधका रुपमा समेत चित्रण गरेको गरेको छ । नाटकमा कलाघर निर्माण अभियानमा जुटेका कलाकारहरुले नै अभिनय गरेका थिए । नाटकको लेखन तथा निर्देशन कृष्ण खड्काले गरेका थिए ।




















