• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भुकम्पपीडितका समस्या समाधानमा जनप्रतिनिधिले वेवास्ता गरेको गुनासो

बिमला पाण्डे by बिमला पाण्डे
असार २, २०७६
in Featured, Society
0

Share via:

56 Shares
  • Facebook 56
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १३ र १४ का भुकम्पपीडितहरुले जनप्रतिनिधिले नै भुकम्प पीडितका समस्या समाधान गर्न कुनै चासो नदेखाएको आरोप लगाएका छन । कनपा १३ का हरि प्रसाद बरालले पुनःनिर्माणका प्राविधिकहरु भूकम्पको पुननिर्माण गर्नुपर्ने घरमा नपुगेको र सो विषयमा वडाध्यक्षहरुले ध्यान नदिएको आरोप लगाएका हुन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुली र जिल्ला स्तरीय मानवअधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा सोमबार कनपा १३ को रानीबासमा भएको भुकम्पपछिको पुनःनिर्माण सवालको सार्वजनिक सुनवाईमा प्रश्न गर्दै उनले यस्तो बताए ।

यस्तै अर्का भुकम्पपीडित कनपा १३ का लेखनाथ बरालले प्रवलीकरणका लागि आएको १ लाख रुपैंया कसरी खर्च गर्ने अन्यौलता भएको बताए । उनले इन्जिनियरलाई देखाउँदा समेत मर्मत गर्ने घरको निकास ननिस्केको बताए । यस्तै कनपा १४ का रत्न बहादुर कार्कीले नगरपालिकाका पुननिर्माणको काम आएपछि पनि भुकम्पपीडितले स्थानीय सरकार भएको अनुभव गर्न नपाएको बताए ।
कार्यक्रममा प्रश्न उठाउने सहभागिहरुले ऐलानी जग्गा भएका कारण समस्या भोगेको, प्रवलीकरणमा भएको अन्यौलता, प्राविधिक निरिक्षण नहुदै बनेका घरले किस्ता नपाएको, गुनासो सम्बोधन हुन नसकेको, भत्केका घरहरु लाभग्राही सूचिमा नपरेको, एकल महिला जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिले घर बनाउन नसकेको, घर बनेर प्राविधिक सिफारिस भएर पनि लामो समय भुक्तानी नपाएको गुनासो गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा भुकम्प पीडितहरुको गुनासो सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले वडामा इन्जिनियरले काम नगरेको वा गरेको निगरानी गर्न वडाध्यक्षहरुलाई निर्देशन गरेका छन । उनले भुकम्पपीडितलाई ऐलानी जग्गा भएकै कारण घर बनाउन कुनै समस्या नभएको र बनाउन दिईरहेको बताए । उनले भुकम्पपीडितको सबै समस्या समाधान गर्न कमलामाई नगरपालिका तत्पर रहेको बताएका छन । उनले वडा अध्यक्ष, वडा सचिव र इन्जिनियरलाई सबै कामको जिम्मा दिएकाले उहाँहरुले नै यसको जवाफदेहिता लिनुपर्ने बताउँदै जनताको गुनासो सम्बोधनमा नगरपालिकाले समन्वयमा कुनै कमी नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
यस्तै कमलामाई नपाका उपमेयर मञ्जु देवकोटाले वास्तविक भुकम्पपीडितको छनौट गर्न, गुनसो संकलन गर्न र छुटेका घरहरुलाई समेट्नका लागि प्राविधिक टोली वडाहरुमा खटिएकाले भुकम्पपीडितहरुलाई धैर्य गर्न आग्रह गरिन । नगरपालिकाको तर्फबाट छुटेका व्यक्तिहरुलाई पुननिर्माणमा समेट्न पुनः सर्वेक्षण भइरहेको बताईन । उनले नागरिकहरुलाई सहि तरिकाले काम नगर्ने कर्मचारी, जनप्रतिनिधिहरुलाई समेत खबरदारी गर्न आग्रह गरिन ।
कार्यक्रममा गुनासो सम्बोधन गर्दै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अनुगमन तथा मुल्यांकन परामर्शकर्ता किरण कुमार महतले प्रवलीकरणका घरहरुको बारेमा कार्यविधि र निर्णय भईनसकेकाले काम नभईसकेकाले प्राविधिकहरु नै अन्यौलमा रहेको बताउदै तत्काल निकास आउने बताए । उनले वडाका इन्जिनियर, वडाध्यक्ष, वडा सचिवलाई भुकम्पको सबै काम गर्ने अधिकार भएकाले उहाँहरुले अन्य निकायसँग पीडितहरुलाई समन्वय गराई काम गराउनुपर्ने बताए ।
यस्तै आवासीय पुननिर्माण तथा पुनःस्र्थापना समन्वय मञ्चका जिल्ला प्राविधिक संयोजक तुल्सीराम लामिछानेले केहि गुनासो सम्बोधन हुन बाँकी रहेकाले गुनासो फस्र्यौट भएपछि केहि समस्या हल हुने बताए । उनले ऐलानी जग्गाको समस्या पनि छिट्टै नै समाधान हुनेतर्फ काम भईरहेको र वडाबाट सिफारिस भएर आउने काम भईरहेकाले तत्काल निर्णय हुने बताए ।
कार्यक्रममा कनपा १३ का वडाध्यक्ष किरण माझी, कनपा १४ का वडाध्यक्ष जितलाल माझी, कनपा १३ का सव इन्जिनियर विजय राय, १४ का सव इन्जिनियर, जय कुमार कापर, कनपा १३ का वडा सचिव सिर्जना अधिकारी लगाएतले नागरिकले सोधको प्रश्नको जवाफ दिएका थिए । जिल्ला स्तरीय मानवअधिकार सञ्जालका संयोजक द्वारिका काफ्लेले कार्यक्रममा विषयवस्तु प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले गरेकी थिइन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तिनपाटन गाउँपालिकाको कार्यक्रममा ढाकाको खादा

Next Post

चारहजारले अवलोकन गरे ‘निःधार’, असी हजार आम्दानी

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied