सिन्धुली/दुधौली नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय महिलाको उद्यमीहरुले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको छ ।
दुई दिने प्रदर्शनी मेलाको आयोजना गर्दै स्थानीय महिला उद्यमीद्वारा निर्मित सामग्रीको प्रदर्शनी गरिएको हो । शुक्रबारसम्म चल्ने मेलामा दुधौली नगरपालिकाका १४ वटै वडाका महिला उद्यमीहरुका उत्पादनहरु प्रदर्शनी राखिएको छ ।
महिलाहरुले उत्पादन गरेका बाँसका सामग्री डोको, डालो, टोकरी, सृंगारका सामग्री, तरकारी, ढाकाका कपडा, ढाकाका टोपी लगायतका सामग्रीको स्टल राखिएको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले बताए । प्रदर्शनी मेलाको उद्घाटन दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले उद्घाटन गरेका छन ।





















