सिन्धुली । जिल्लामा नवजात शिशुको मृत्युदर बढेको छ । विगत तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा आर्थिक वर्ष २०८२/०८३ मा नवजात शिशुको मृत्युको दर दोब्बर बढीले बढेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्षमा मृत्युदर बढेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ मा ५ जना शिशुको मृत्यु भएको छ । त्यस अघिको दुई आर्थिक वर्षमा लगातार २/२ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै जन्मेका बच्चाहरुमध्ये सरदर ४ दशमलब ७५ प्रतिशत बालबालिकाहरु कम तौलका जन्मने गरेको कार्यालयको तथ्यांक रहेको छ ।
गर्भ जाँच तथा घरमै सुत्केरी गराउने ट्रेण्ड लगाएतका कारणले शिशु मृत्युदर समेत वृद्धि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ४० प्रतिशत महिलाहरुले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको तथ्यांक समेत कार्यालयले सार्वजनिक गरेको छ ।





















