सिन्धुली/जिल्लामा ३३ हजार ३ सय ८७ घरधुरीले वैकल्पिक तथा नवीकरणीय ऊर्जाको प्रयोग गरेका छन । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन नपुगेका स्थानमा बैकल्पिक उर्जाको प्रयोग बढेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरण तथा जलवायु परिवर्तन शाखाका अधिकृत संदीप उपाध्यायले बताए । जिल्लामा हालसम्म लघु जल विद्युत तथा पिको जल विद्युत परियोजना २८ वटा सञ्चालनमा छन । यस्तै साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणाली २७ हजार ३ सय ३८, सुधारिएको घट्ट विद्युतीकरण परियोजना ७ वटा र लघु जल विद्युत तथा पिको जल विद्युत परियोजना ४ हजार ९७ वटा सञ्चालनमा रहेको शाखाले जनाएको छ ।
शाखाका अधिकृत उपाध्यायका अनुसार साना घरेलु सोलार तथा घरेलु सौर्य प्रणालीबाट २७ हजार ३ सय ३८, सुधारिएको घट्ट विद्युतीकरण परियोजनाबाट ३ सय ५७ र लघु जल विद्युत तथा पिको जल विद्युत परियोजना ४ हजार ९७ र परम्परागत प्रविधि प्रयोग गर्ने १ हजार ५ सय ९५ घरधुरी लाभान्वित भएको उपाध्यायले बताए ।
हालसम्म जिल्लामा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा १० हजार ५ सय ९९ घरेलु बायोग्याँस, १२ हजार ३ सय ५६ माटोको सुधारिएको चुलो, ३ हजार ४ सय ४७ फलामे सुधारिएको चुलो जडान भएका छन् ।
यसरी वैकल्पिक उर्जाको प्रयोगकर्ता बढ्दा परम्परागत ऊर्जाको निर्भरतालाई कम गर्दै स्वच्छ ऊर्जामा पहँुच विस्तार भई जीविकोपार्जनमा समेत सुधार भएको उपाध्यायले बताए ।
उनले अव विद्युतको राष्ट्रिय प्रसारण लाइनमा पहुँच नभएका हरिहरपुरगढी र फिक्कल गाउँपालिकामा नविकरणीय उर्जालाई प्राथमिकता दिईने बताए । उनका अनुसार फिक्कलमा सौर्य तथा वायु उर्जाको माग आएको पनि बताए ।




















