सिन्धुली । नवजागरण युवा क्लव गोलञ्जोर गाउँपालिका –५, छेत्पाले मन्दिर निर्माण गर्ने भएको छ ।
सोही वडाकोे सोही स्थानमा मन्दिर निर्माण गर्न लागिएको क्लवका अध्यक्ष सुजन बरालले जानकारी दिए । उनका अनुसार २०७५ सालको तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकममा स्थानीय दाताहरुको सहयोग थपेर मन्दिर निर्माण गर्न लागिएको हो ।
देउसी भैलोबाट संकलित रु. ४२ हजार ५ सय ४२ र दाताहरुको सहयोगमा मन्दिर निर्माण कार्य प्रारम्भ गरिने उनले जानकारी दिए । मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुको संख्या ३० जना पुगिसकेको र सहयोग गर्ने क्रम जारी रहेको समेत बरालले जानकारी दिए ।
मन्दिरको शिलान्यास आगमी फागुन ८ गते गरिने उनको भनाई छ । साथै मन्दिर निर्माणमा उत्कृष्ठ सहयोग गर्नेहरुको नाम शिलालेखमा लेखिने समेत उनले जानकारी दिए ।




















