सिन्धुली । शनिबार सिन्धुलीमाढीमा ९६ जनाको मोतिविन्दुको निःशुल्क शल्याक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सामुदायीक आँखा उपचार केन्द्र सिन्धुलीको आयोजनामा भएको शल्यक्रियामा जेष्ठ नागरिकहरु धेरै रहेका छन ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, द फ्रेड हलोज फाउन्डेसन र अस्ट्रेलियन एडको आर्थिक सहयोग तथा जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको हो ।
मरिण गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाका मोतिविन्दुका विरामीको शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार निःशुल्क आँखा जाँच शिविरबाट स्क्रिनिङ भएका विरामी र आँखा उपचार केन्द्रमा आँखा जाँच गर्दा छानिएका विरामीको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरिएका विरामीलाई आईतबार डिस्चार्ज गरिने छ ।






















