सिन्धुली । सिन्धुली जिल्ला अदालतले एक वर्षमा ४ सय ७६ वटा मुद्दा फैसला गरेको छ । अदालतमा सन २०१८ भित्र दर्ता भएका ५ सय ३ मुद्दा र सन् २०१७ का जिम्मेवारी सरि आएका १ सय ९१ मुद्दा गरि ६ सय ९४ मुद्दा रहेको अदालतले उक्त मुद्दा फैसला गरेको जनाएको छ । हाल जिल्ला अदालतमा २ सय १८ मुद्दा २०१९ का लागि बाँकी रहेका छन ।
एकजना जिल्ला न्यायाधिस रहेको उक्त अदालतमा भएको यो फैसला जम्मा मुद्दा संख्याको ६९ प्रतिशत हो । अदालतमा परेका ३ सय ५९ फौजदारी मुद्दामध्ये २ सय ५३ मुद्दा अर्थात ७० दशमलब ४७ प्रतिशत प्रतिशत फैसला भएका छन भने देवानीतर्फका ३ सय ३५ मध्ये २ सय २३ अर्थात ६७ प्रतिशत फैसला भएको जिल्ला अदालत सिन्धुलीका तहसिलदार हरिकुमार श्रेष्ठले बताए ।




















