बलबीर भुजेल
स्वल्पाठाना । फिक्कल गाउँपालिका को स्वल्पाठाना स्वास्थ चौकीमा भिडियो एक्स–रे संचालनमा आएको छ । शुक्रबारबाट जिल्लाको फिक्कल गाउँपालिकामा उक्त सेवा संचालनमा आएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरिएको हो । चार लाख रुपैयाँ बराबरको लागतमा प्लान नेपाल र सहयोगमा ह्याण्ड्स नेपालीको आर्थिक सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सुचारु भएको उक्त सेवा फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले स्वास्थ चौकीकी अनमी सबिता परियार लाई हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण तथा सेवाको उद्घाटन गर्दै कार्कीले भिडियो एक्स–रे मेसिन गाउपालिकामा पहिलो भएकाले यसले प्रदान गर्ने सेवा प्रभावकारी हुनेमा गाउँपालिका विश्वस्त रहेको बताए । गाउँपालिकाबाट भिडियो एक्स–रे सेवाको लागि अन्यन्त्र जानुपर्ने र बाहिर जाँदा महंगो पर्ने बताउँदै कार्कीले गाउँपालिकामै यस्तो सेवा सुचारु भएको र त्यो पनि निःशुल्क भएकाले गाउँपालिकाबासीले प्रशस्त लाभ लिन सक्ने बताए ।
उक्त मेसिनले गर्भवती मात्र जाच्न मिल्ने र मेसिन गाउपालिकाको रोहवरमा रहने सहयोगी संस्थाले जनाएका छन् । बोकेर अन्यत्र लान पनि मिल्ने खालको भएको र घुम्ती सेवा समेत दिनसकिने खालको उपयोग मेसिन रहेको अनमी सबिता बताउछिन । उक्त सेवा बाट ३०० गर्भवती महिलाले सेवा पाउने अर्की अनमी अप्सरा कार्कीले ले जानकारी दिइन् !
फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्की को प्रमुख आतिथ्यतामा प्लान नेपाल का एरिया म्यानेजर राम बहादुर श्रेष्ठ , ह्याण्ड्स नेपालका अध्यक्ष बासुदेब अधिकारी , जिल्ला जनस्वास्थ्य कार्यलयका पोषण अधिकृत गुजेश्वरी श्रेष्ठ स्वास्थ चौकी ब्यवस्थापन समितिका पुर्व अध्यक्ष बैकुण्ठलाल पहाडी को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।




















