• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लैंगिक हिंसा राजनीतिको साझा एजेण्डा बन्न आवश्यक

पार्वती भट्टराई by पार्वती भट्टराई
पुस २३, २०८२
in Featured, Opinion, Province 3
0

Share via:

146 Shares
  • Facebook 146
  • Twitter
  • LinkedIn
  • More
पार्वती भट्टराई
  • पार्वती भट्टराई

महिला देवी, शक्ति स्वरुपा भगवती, माता, दुर्गा, लक्ष्मी, सरस्वती, आमा, हजुरआमा, छोरी, नातिनी, श्रीमती यी सवै उपनाम वा शक्तिका रुपमा महिलालाई हेर्ने हाम्रो नेपाली समाजमा आज महिला हिंसाका घटनाहरु दिनानुदिन नयाँ नयाँ र फरक प्रकारका घटनाहरु यत्रतत्र सर्वत्र फैलदैं गएका छन् ।

सिन्धुली जिल्लामा पछिल्लो समयमा भएका महिला हिंसाका घटनाहरुलाई हेर्ने हो भने कुनै पनि महिला आफ्नै परिवारका सदस्यहरुबाट सुरक्षित नभएको अनुभूति गराउँछ । महिलाहरु नै असुरक्षित मात्रै होईनन् परिवारबाटै विभत्स मृत्यु वरण गर्नुपर्ने अवस्था छ ।

शुशिला हत्या काण्ड जसले देश नै हल्लायो । छत्रकुमारीको विभत्स हत्याले दिमाग रन्थनायो । पछिल्लो घटनामा तीनपाटनकी टंकमायाको हत्या र खोजीमा भएको सकसले कहाँ कतिबेला महिलाहरु मर्नु र मारिनुपर्ने हो त्यसको टुंगो नभएको संकेत गरेको छ ।

आफ्नै आँखा अगाडि परिवारका सदस्यबाटै घरभित्रै जलाएको घटनादेखि परिवार नाता आफन्त र आपैmले विश्वास गरेका व्यक्तिबाट हत्या हुनुले महिलाको सुरक्षा कहाँ छ ? भन्ने प्रश्न हरेक महिलाको मनमा उब्जनु स्वभाविक छ । यस्तै जिल्लामा ४ वर्षकी छोरीलाई कर्मचारी स्तरको बाबुबाट बलत्कार हुनु, ११ वर्षिय बालिका काकाबाट बलात्कृत भई क्षतविक्षत हुनु मात्र हैन, घरेलु हिंसा, मानसिक हिंसा, र शारीरिक हिंसाका तथ्यांकले महिलाहरुको अवस्थालाई निक्कै नाजुक रुपमा प्रस्तुत गरिरहेको छ ।

हिंसाबाट नाबालिका, बालिका, महिला र वृद्ध आमाहरु समेत सुरक्षित नभएको तथ्यले उजागर गरिरहेको छ । यस्ता घटनाले सिन्धुलीबासी महिला लगायत सिंगो महिला जगत त्रासमा बाँच्नु पर्ने अवस्था सिर्जना भएको छ ।

महिला हिंसाका घटना प्रविधिको विकाससँगै अझ बढी मात्रामा हुन थालेको यथार्थता हाम्रा सामु छर्लंग छन् । लंैगिकताको पहिचान गरी छोरी भएको खण्डमा जन्मन नपाउने, भ्रुण हत्या गरिनु महिला हिंसाको पहिलो रुप हो । जुन परिवारले गरेको जघन्य अपराध हो । त्यसपछि छोरी भएकै कारण घरपरिवारबाट या परिवारका नजिकका आफन्तबाट यौन हिंसा भोग्नु हो । विद्मालयमा शिक्षकबाटै किशोरीहरु यौन हिंसामा पर्नु, दाईजोको नाममा जिउँदै जलाईनु, एसिड आक्रमण जस्ता जघन्य अपराधका कारण कुरुप जीवनयापन गर्नु, साईवरबाट हुने हिंसाको, नेपाल जस्तो खुल्ला सिमाना भएको देशबाट कैयौं नेपाली छोरीहरु बेचिएर नारकीय जीवनयापन गर्न बाध्य हुन लगाएतका कहाली लाग्दा घटनाहरु सबैका सामु छर्लंग छन् ।

छोरीहरु घरबाट एक्लै बाहिर निस्कन सक्ने अवस्था छैन । हाम्रो समाजले छोरीमाथि हेर्ने दृष्टिकोण नै नबदल्ने हो भने यो समाजको विकास असम्भव छ । आधाभन्दा बढी जनसंख्या ओगटेको महिलाहरुलाई नै समाजमा सुरक्षा अनुभूति नहुनु भनेको यो समाजको कुरुप रुप देखिनु हो । छोरीहरुको स्वतन्त्रता र विकास विना यो समाजको विकास असम्भव छ ।

छोरीलाई घरबाट बाहिर निस्कने बेलामा आमावुवा र परिवार सबैले छोरी मान्छे एक्लै घरबाट बाहिर जानु हुँदैन, सुरक्षित रहनुपर्छ, बलत्कार, हत्या जस्ता घटनाका डर देखाउँदै दाजुभाई वा कोहि आफन्तलाई साथी लिएर मात्र बाहिर जान सिकाईन्छ तर सँगै रहेको छोरालाई अभिभावकले त्यहि महिलाको सम्मान र इज्जत गर्नुपर्छ भनेर सिकाईदैन जसका कारण हिंसाका घटनामा कमी आउन सकेको छैन । पुरुष सधै सुरक्षित, बलबानको रुपमा परिचय बन्दै गयो । महिला सधै कमजोरका रुपमा स्थापित हुँदै जाँदा पनि महिला हिंसाका घटनाहरुले बढी प्रश्रय पाएको देखिन्छ । समाज परिवर्तनको पहिलो आधार र संवाहक व्यक्ति र परिवार हो । त्यसैले छोराछोरीमा हुने विभेद घरदेखि हटाउन आवश्यक छ ।

आज महिला कार्यस्थलमा पुरुष सहकर्मीसँग असुरक्षित, विद्यालयमा शिक्षक र संगै एउटै विद्यालयमा पढ्न सहपाठीसँग असुरक्षित, घरमा परिवारका र नातेदार पुरुषसँग अशुरक्षित साथै सार्वजनिक स्थलमा समेत हिंसा भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ ।

एकानब्बे प्रतिशत जनप्रतिनिधिद्वारा लोकतान्त्रिक विधि र प्रक्रियाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दश वर्ष पुरा भई सकेको छ । जसको प्रस्तावनामा नै लंैगिक विभेद तथा छुवाछुतको अन्त्य गर्ने जस्ता कुरा प्रस्तावनामा नै उल्लेख गरिएको छ । संविधानको मौलिक हक अन्तर्गत धारा १८ मा भएको समानताको हकमा सामान्न्य कानुनको प्रयोगमा उत्पती धर्म वर्ण, जातजाती वर्ण लिंग,शारिरीक अवस्था, भाषा, क्षेत्र, वैचारिक अवस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनि उल्लेख गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ । जसमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि हक हुनेछ भनि प्रष्ट व्यवस्था गरिएको छ तर कानुनको कार्यन्वयनमा आज पनि कठिनाई रहेको छ । जसमा राजनीतिक दवाव, सामाजिक दवाद, उच्च वर्गले निम्न वर्गमाथि गरिने धाकधम्कि, पहुँच र शक्तिको दुरुपयोग जस्ता कारण महिलामाथि हुने हिंसाका घटना दिनानुदिन बढिरहेको यथार्थ हाम्रो सामु यथावत छ ।

महिला अधिकार भनेको महिलाको स्वतन्त्रता, समानता र सम्मानजनक रुपमा जीवन बिताउन पाउने हक, हित र अवसरहरु हुन् । जसमा शिक्षा, स्वास्थ्य, रोजगारी, राजनैतिक सहभागिता र हिंसाबाट सुरक्षा जस्ता सबै क्षेत्रमा समान अवसरको सुनिश्चितता गर्ने अधिकार पर्छन् । यी महिलालाई सामाजिक, आर्थिक, राजनीतिक विकासमा समान भूमिका साथै आफ्नो शरीरमाथिको हक, सम्पत्तिमा अधिकार पनि समावेश छन् । संविधानमा भएका व्यवस्थाहरुलाई कार्यान्वयनमा ल्याउनु चाहिँ अहिलेको चुनौती बनेको छ ।

महिलामाथि हुने हिंसाको न्युनिकरणसँगै महिला हिंसाको अन्त्यको लागि आज संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु पूर्ण रुपमा देशको संविधान र बनेका कानुनहरुको कार्यान्वयनमा तदारुकताका साथ लाग्नु पर्ने छ । साथै यो विषय हरेक राजनीतिक दलहरुको साझा एजेण्डा हुनु आवश्यक छ । हरेक नागरिकले आफ्नो कर्तव्य पालना गर्दै महिला हिंसा अन्त्यका लागि ऐक्यवद्धता जनाउँदै यसको दिगो निकास खोज्न जरुरी छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुईवटा मोटरसाईकल ठोक्किदा चार जना घाईते

Next Post

सांस्कृतिक कार्यक्रम गरि मनाइयो प्याब्सनको पैंतिसौं स्थापना दिवस

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied