सिन्धुली । जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु र सयौं घाईते भएपछि मरिण गाउँपालिका सिन्धुलीले मंगलबार सार्वजनिक विदा दिएको छ । गाउँपालिका अध्यक्ष स्तरीय निर्णय अनुसार शोक विदा दिने भएको हो ।
गाउँपालिकाले आन्दोलनमा मृत्यु भएका गोलञ्जोर गाउँपालिका १ का रोशन न्यौपाने लगाएत आन्दोलनमा ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले सोमबार राती सूचना जारी गर्दै गाउँपालिका मातहतका कार्यालयहरुलाई स्थानीय विदा दिने उल्लेख गरिएको हो ।
सूचनामा युवाहरुको आवाजलाई राज्यले सुन्ने र अनुकुल वातावरण सृजना गर्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेको छ ।





















