काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरुको प्रदर्शनका क्रममा १४ जनाको मृत्यु भएको छ ।
काठमान्डौमा भएको आन्दोलनका क्रममा घाईते भएका थप एक जना प्रदर्शनकारीको मृत्यु भएसँगै मृत्यु हुनको संख्या १४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
घाईतेहरुको एकीन विवरण प्राप्त हुन सकेको छैन ।





















