सिन्धुली । सरकारले सञ्जाल बन्द गरेको विरोधमा इन्टरनेटको सेवाको विकाससँगै हुर्किएको पुस्ता जेनजीले सिन्धुलीमाढीमा प्रदर्शन गरेको छ । जेनजी पुस्ताले सोमबार सिन्धुलीमाढीमा प्रदर्शन गरेको हो । जेनजीले सिन्धुली लगाएत देशभर प्रदर्शन गरिरहेको छ ।
लोकतान्त्रिक चोकदेखि २ नम्बर बजार, १ नम्बर बजार हुदैँ शान्ति नगर चोक, जिल्ला प्रशासन कार्यालयदेखि लोकतान्त्रिक चोकसम्म प्रदर्शन गरे ।

hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Hdr;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 134.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
सन् १९९० को दशकको मध्यपछि सन २०१२ सम्म जन्मिएको यो पुस्ताले सरकारले सामाजिक सञ्जाल निष्क्रिय पारेपछि विरोध प्रदर्शन गरेको आन्दोलनरत सुशील कोइराला जानकारी दिए ।

hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: SFHDR;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 140.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
उनले केही वर्षदेखि भर्चुअल माध्यमबाट भ्रष्टाचार, कुशासन र विकासमा भएको अवरोधको विरोध गर्दै आएको र सोहि रोक्न सामाजिक सञ्जाल बन्द गरेको आरोप लगाए ।
विश्वव्यापी प्रभावलाई पछ्याइरहेको पुस्ता स्वतन्त्रता, विकासमा आधुनिकता, भ्रष्टाचारविरुद्धको कारबाहीको पक्षमा सामाजिक सञ्जाल मार्फत सशक्त प्रस्तुत भइरहँदा त्यसको असर राजनीतिमा परेपछि सरकारले सामाजिक सञ्जाल बन्द गरेको आरोप जेनजी पुस्ताको रहेको छ ।
भर्चुअल माध्ययमबाट कुरा राख्न पाउँदासम्म त्यतै रहेको पुस्ता सरकारले सञ्जाल बन्द गरेपछि सडक आन्दोलनमा आउन बाध्य भएको जनाएको छ । उनीहरुले ‘नेपो बेवी’ ट्रेन्ड पनि सुरु गरेको आन्दोलनमा सहभागि युवा राजेश थापाले बताए ।
उनीहरुले प्रदर्शनका क्रममा नामर्द सरकार चाहिँदैन देश लुट्न पाईदैन, नयाँ गाडी मन्त्रीका लागि पुरानो बाचा जनताका लागि, भ्रष्टाचारमाथि वार उज्यालो भविष्यतिर सार, युवा जागे भ्रष्टाचार भागे लगाएतमा नारा सहितका प्लेकार्ड समेत बोकेका थिए । आन्दोलनमा विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विद्यालय पोशाकमै सहभागि थिए ।




















