सिन्धुली । मानव वेचविखन तथा ओसार पसार मुद्दामा फरार रहेका तत्कालिन हाज्मा कम्पनीमा कार्यरत राजन तिमल्सिनालाई प्रहरीले काठमान्डौबाट पक्राउ गरेको छ ।
सोह्र वर्ष अघि विपी राजमार्ग निर्माण गर्ने कम्पनी हाज्मामा कार्यरत गोकर्णेश्वर नगरपालिका वडा नं. २ बस्ने ५२ वर्षका राजन तिमल्सिनालाई प्रहरीले मंगलबार गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
तिमल्सिनालाई आफु कार्यरत हाज्मा कम्पनीमा कार्यालय सहयोगीका रुपमा काम गर्ने ३० वर्षिय महिलालाई विवाह गर्छु भनि भारतमा लगेर बेचविखन गरेको आरोप लागेको थियो ।
पक्राउ परेका तिमल्सिनालाई बुधबार सिन्धुली ल्याई सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
सुवेदीका अनुसार तिमल्सिना विरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा २०६५ पुस २ गते महिलालाई भारतमा लगि बेचविखन गरेको भन्दै पीडितको दिदीले उजुरी दिएकी थिईन ।




















