सिन्धुली । दुधौली नगरपालिकाको वडा नं. ९ मा मंगलबार सम्पन्न आँखा शिविरमा ९८ जनाको मोतिविन्दुको अप्रेशन गरिएको छ । आइतबार सोमबार र मंगलबार भएको आँखा शिविरमा १ हजार ३ सय ६० जनको स्वास्थ्य जाँच समेत गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
आँखा जाँच गरिएका र अप्रेशन गरिएका विरामीलाई निशुल्क औषधि समेत वितरण गरिएको छ । दुधौली नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको संयोजन तथा फ्रेड हलोज फाउन्डेसन र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको श्रेष्ठले जानकारी दिए ।




















