सिन्धुली । नेकपा एमाले फिक्कलको अध्यक्षमा रामप्रसाद भण्डारी निर्वाचित भएका छन । फिक्कलको दमारमा आइतबार सम्पन्न भएको दोस्रो पालिका कमिटीको अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन ।
अधिवेशनले भण्डारीको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा शंकर भण्डारी, सचिवमा नवराज पहाडी निर्वाचित भएका छन ।
यस्तै उपसचिवमा विष्णु सुनुवार र प्रमिला घिमिरे निर्वाचित भएका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















