सिन्धुली । विपी राजमार्गमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार कमलामाई नगरपालिका वडा नं. ६ प्रिपा होटल अगाडि भएको दुर्घटनामा परि कमलामाई नगरपालिका वडा नं. १२ का ३० वर्षिय मनिष माझीको मृत्यु भएको हो ।

माझीटारबाट ढुंग्रेबासतर्फ जाँदै गरेको काठ बोकेको ज.१ त.९०३७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा७५प६९२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परि घाईते भएका माझीलाई उपचारका लागि सिन्धुली अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।





















