सिन्धुली । सिन्धुलीमा कोभिड १९ का संक्रमित बढेसँगै आईसोलेसन वेडको अभाव भए पछि पच्चिस वेडको आइसोलेसन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । शुक्रबार एकैदिन १३ जना संक्रमित थपिएपछि सिन्धुली अस्पतालमा विरामी राख्ने ठाउँ नभएपछि ३ वर्षदेखि बन्द रहेको कमलामाई नगरपालिका वडा नं. ६ राममाढीमा रहेको एपोलो अस्पतालमा आइसोलेसन वेडको व्यवस्था गरि सञ्चालनमा ल्याईएको छ ।
सिन्धुली अस्पतालको व्यवस्थापन तथा जिल्ला विपद व्यवस्थापन समितिको सक्रियतामा उक्त अस्पतालमा २५ वेडको आईसोलेसन निर्माण गरि शनिबारदेखि सेवा दिन सुरु गरिएको हो ।
नेपाली सेना र सिन्धुली अस्पतालको सक्रियतामा अस्पतालको सरसफाई गरि वेड तथा अन्य व्यवस्थापन गरि आईसोलेसन सञ्चालनमा ल्याईएको हो ।
सिन्धुली अस्पतालका ५ जना स्वास्थ्यकर्मी र ११ जना नेपाली सेनाको व्यवस्थापनमा उक्त अस्पतालमा सेवा दिन सुरु गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।
शनिबार उक्त अस्पतालमा १५ जना संक्रमितलाई राखि उपचार सुरु गरिएको उनले बताए । उनका अनुसार सिन्धुलीमा ५० वेड र कोभिड ल्याव सहितको अस्थायी अस्पताल बनाउने तयारी समेत भईरहेको उनले बताएका छन । सिन्धुलीमा कोभिडका विरामी बढेसँगै भु तथा जलाधार कार्यालय सिन्धुलीमाढीमा रहेको क्वारेन्टाईनलाई हटाई ल्याव राखिने भएको छ भने प्रिफाफको आइसोलेसन अस्पतालको निर्माण गरिने भएको पोखरेलले जानकारी दिएका छन ।





















